३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै सिटिजन्स बैंक

३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै सिटिजन्स बैंक

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न सिटिजन्स बैंकलाई धितोपत्र बोर्डले अनुमति दिएको छ । 

प्रतिइकाई एक हजार रुपैयाँ दरका ३० लाख इकाई ऋणपत्र जारी गर्न बोर्डले बैंकलाई अनुमति दिएको हो । 

कूल ऋणपत्र मध्ये १२ लाख इकाई सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै कर्मचारीका लागि सुरक्षित गरेको छ । 

१० वर्षका लागि जारी ऋणपत्रमा १० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।