धितोपत्र बोर्डद्वारा केयर रेटिङस् कम्पनीलाई कारवाही

धितोपत्र बोर्डद्वारा केयर रेटिङस् कम्पनीलाई कारवाही

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले केयर रेटिङलाई कारबाही गरेको छ । मंगलबार बसेको सेबोनको संचालक समितिको बैठकले केयर रेटिङलाई नगद जरिवाना गर्ने निर्णय गरेको हो । 

यसअघि बोर्डले पुस २८ गते केयर रेटिङलाई स्पष्टीकरण सोधेको थियो। नियमविपरीत बैंकको ऋणका लागि रेटिङ गरेपछि बोर्डले स्पष्टीकरण सोधेको थियो ।  

नियम विपरीत स्वार्थ बाझिने रेटिङ गरेको पुष्टि भएपछि बोर्डले कम्पनीलाई नगद जरिवाना गर्ने निर्णय गरेको संचालक समितिमा एक सदस्यले जानकारी दिएका छन् । बोर्डले यस अघि सो कम्पनीलाई स्पष्टिकरण सोधेको थियो । रेटिङ नियमावली २०६८ उल्लंघन गरि आफ्नो मुख्य सेयर धनी रहेको कम्पनीको रेटिङ गरेकोबारे कम्पनीले स्पष्टिकरण सोधेको थियो ।

क्रेडिट रेटिङको नियमावलीको नियम ३४ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मुख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गर्नु हुँदैन भन्ने व्यवस्था छ । तर कम्पनीले सो व्यवस्था विपरित रेटिङ गरेको खुल्न आएको थियो ।