सुनको सिक्री लुटपाट गरेको आरोपमा ४ जना पक्राउ

सुनको सिक्री लुटपाट गरेको आरोपमा ४ जना पक्राउ

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

उनिहरुलमई प्रहरीले सोमबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काठमाडौं बागबजारका सुरज गुरुङ, वीरगञ्ज घर भइ क्षेत्रपाटी बस्ने अनवर हुसेन अन्सारी तथा भारतीय नागरिकहरू शक्ति भौमिक र सचिन गाड्वे रहेका छन् ।

गुरुङले चलाएको मोटरसाइकलमा बसेर अन्सारीले भदौ २५ गते  काठमाडौंको कुलेश्वर बस्ने अफ्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी २ तोला बराबरको सुनको लकेट सहितको सिक्री लुटेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका भारतीय नागरिकमाथि भने त्यो सिक्री किनेको आरोप छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।