राष्ट्र बैंकमा खुल्यो ३० कर्मचारीका लागि रोजगारीको अवसर, ४५ वर्ष उमेर ननाघेकोले आवेदन दिन सक्ने

राष्ट्र बैंकमा खुल्यो ३० कर्मचारीका लागि रोजगारीको अवसर, ४५ वर्ष उमेर ननाघेकोले आवेदन दिन सक्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले करार मार्फत पदपूर्ति गर्नेगरी ३० जना कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सुरक्षातर्फको र टक्सार महाशाखाका लागि लागि प्राविधिक तर्फका कर्मचारी माग गरेको हो ।

 राष्ट्र बैंकले मेकानिकल इन्जिनियर, मेकानिकल ओभरसियर, जुनियर आस्सेयर, मूर्तिकला तथा चित्रकला सुपरभाइजर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रिक ओभरसियर, प्रयोगशाला सहायक, पेन्टाग्राफ मेसिन अपरेटर, हेभी इक्विपमेन्ट अपरेटर, महिला सिपाही र पिपा पदमा करारमार्फत पदपूर्ति गर्न लागेको हो ।

दरखास्त दिने अन्तिम मिति असोज १५ गते तोकिएको छ । ४५ वर्ष उमेर ननाघेकोले आवेदन दिन सक्ने छन् । आवेदकको लिखित, प्रयोगात्मक र अन्तरवार्ता परीक्षा हुने राष्ट्र बैंकले जनाएको छ ।आवेदकको संख्या १०० वा सोभन्दा कम भएमा प्रयोगात्मक र अन्तरवार्ता दुबै वा अन्तरवार्ता मात्रै हुने राष्ट्र बैंकले जनाएको छ ।

परीक्षा दस्तुर मेकानिकल इन्जिनियरको हकमा १ हजार र अन्यको ८०० रुपैयाँ लाग्नेछ । करार सम्झौताको अवधि ६ महिनाको हुने छ ।