स्रोत नखुलेको १३ लाख ७० हजारसहित एक युवक पक्राउ

स्रोत नखुलेको १३ लाख ७० हजारसहित एक युवक पक्राउ

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

स्रोत नखुलेको रकमसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 

मटिहानी नगरपलिका ८ दसगजाबाट स्रोत नखुलेको १३ लाख ७० हजार रुपैयाँसहित मटिहानी नगरपालिका ८ बस्ने ४० वर्षीय नबिन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटिहानीबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१० प ३५४१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई उक्त रकमसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।