मुम्बई विमानस्थलमा दुई किलो सुनको धुलो बरामद

मुम्बई विमानस्थलमा दुई किलो सुनको धुलो बरामद

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं 

मुम्बई विमानस्थलमा एक करोड भारतीय रुपैयाँभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको छ ।

मुम्बई भन्सार अधिकारीका अनुसार एक करोड पाँच लाख २७ हजार भारतीय रुपैयाँबराबरको सुनको धुलो सिंगापुरबाट आएको एक भारतीय परिवारले आफ्ना भित्री वस्त्र र तीन वर्षको बच्चाको डाइपरमा लुकाएको भित्र्याउन लागेका थिए ।

बरामद सुनको धुलो २४ क्यारेटको रहेको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।