सरकारका लागि ९ अर्ब चार करोडको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

सरकारका लागि ९ अर्ब चार करोडको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

राष्ट्र बैंकले सरकारको लागि शुक्रबार ९ अर्ब चार करोड रुपैयाँ ऋण उठाउन बोलकबोल आह्वान गर्ने भएको छ । 

शुक्रबार बैंकले ६ वर्ष अवधिको यो ऋणपत्रको लागि बोलकबोल आह्वान गर्ने भएको हो । 

यो ऋणपत्रमा कम्तीमा ५० हजार र बढीमा ५० हजारले भाग निशेष जाने रकमसम्म लगानी गर्न सकिन्छ । 

यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने ब्याजदरको भुक्तानी अर्धवार्षिक रुपमा हुने भएको छ ।

ऋणपत्रको लागि बैंक तथा वित्तीय संस्था, अन्य संस्था र नेपाली नागरिक सहभागी हुन सक्नेछन् । 

राष्ट्र बैंकले प्रतिस्पर्धीको लागि सात अर्ब ६८ करोड ४० लाख  रूपैयाँ र अप्रतिस्पर्धीको लागि एक अर्ब ३५ करोड ६० लाख रूपैयाँ छुट्याएको छ ।