अर्थतन्त्रमा गरिएका सुधारको नतिजा देखिन समय लाग्ने अर्थमन्त्री महतको भनाई 

अर्थतन्त्रमा गरिएका सुधारको नतिजा देखिन समय लाग्ने अर्थमन्त्री महतको भनाई 

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा गरिएका सुधारको नतिजा देखिन समय लाग्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँगको अन्तर्क्रिरया कार्यक्रममा बाल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

आफूले इमानदारीसाथ जिम्मेवारी निर्वाह गरिरहेको र सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारी पूरा गर्दा विद्यमान समस्याबाट माथि उठ्न समय नलाग्ने उनको भनाई छ ।

रेमिट्यान्स बढेको भए पनि पुँजीबजार तथा घरजग्गामा समेत लगानी आउन नसक्नुको कारण लगानीकर्तामा रहेको हिच्किचाहट रहेको उनले बताए ।

विगतमा लिएका लचिला नीतिहरुका कारण अधिक र अनुत्पादक क्षेत्रमा प्रवाह भएको कर्जा अहिले समस्यामा परेको भन्दै उनले यो अवस्था आउनुमा लिने मात्र दोषी नभएर दिने समेत रहेको उनको भनाई रहेको छ ।

त्यस्तै,राजस्वमा देखिएका समस्याबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने तयारी रहेको बताउदै बजेट व्यवस्थापनका लागि समेत कार्यविधिहरु बनिरहेको अर्थमन्त्री महतले बताएका छन् ।