जबर्जस्ती साढे २८ लाखको कागज गराएको आरोपमा एक युवक पक्राउ

जबर्जस्ती साढे २८ लाखको कागज गराएको आरोपमा एक युवक पक्राउ

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

जबर्जस्ती साढे २८ लाखको कागज गराएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ बस्ने ३३ वर्षीय सुरज कुमार श्रेष्ठ छन् ।

काँडाघारीमा घरजग्गा कोरोबार तथा ड्राइभिङ सेन्टर संचालन गर्ने उनले कार्यालयमा थुनेर कराएमा मार्ने धम्की दिनुका साथै कुटपिट समेत गरी २० लाख रुपैयाँको चेक र ८ लाख ५० हजार रूपैयाँको कागज गराई आपराधिक लाभ लिएको पीडितबाट खुल्न आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले उनलाई काँडाघारीबाट पक्राउ गरेको हो ।

श्रेष्ठ जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेको र गुण्डागर्दीमा समेत संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।