नेपालमा सुन तस्करी गर्न चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको सीआईबीको दाबी

नेपालमा सुन तस्करी गर्न चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको सीआईबीको दाबी

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

हङकङबाट सुन तस्करीका लागि नेपालमा ७ वटा कम्पनी खडा भएको अनुसन्धाबाट खुलेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानपछि लाजिम्पाटमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीका एसपी सञ्जयसिंह थापाले सुन तस्करीमा ७ वडा कम्पनी खडा भएको जानकारी दिएका हुन् । 

उनका अनुसार छुङ्गाक इलेक्ट्रिक सप्लायर्स, भुजेल इलेक्ट्रिक सप्लायर्स, ह्वाडा इलेक्ट्रिक सप्लायर्स, पवाटी इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स, रेडी ट्रेड र सरिता सप्लायर्स कम्पनी खडा भएको पाइएको हो । 

यी कम्पनीका मालिकमा क्रमशः लेखनाथ कार्की डोली, रामकुमार भुजेल, कुमार बहादुर भुजेल, रामबहादुर भुजेल, विकुन्द्र भुजेल, दिलीप भुजेल र सरिता तामाङ रहेका छन् ।