सरकारले जनताको सम्पत्तिको सुरक्षा गर्ने दायित्व पूरा गर्न सकेन : कमलेश कुमार अग्रवाल

सरकारले जनताको सम्पत्तिको सुरक्षा गर्ने दायित्व पूरा गर्न सकेन : कमलेश कुमार अग्रवाल


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा नेपाल लाईफ इन्स्योरेन्सका संचालक कमलेश कुमार अग्रवालले सरकारले जनताको सामाजिक, आर्थिक सम्पत्तिको सुरक्षा गर्ने दायित्व लिएको भएपनि पूरा गर्न नसकेको बताएका छन । बृहत आर्थिक संवाद नेशनल इन्स्योरेन्स डिस्कोर्स २०२३ मा बोल्दै उनले सरकार आफूले लिएको जिम्मा पनि पूरा गर्न नसको बताए । अग्रवाल भन्छन् ‘नागरिकको सामाजिक, आर्थिक, सम्पत्तिको सुरक्षा गर्ने दायित्व सरकारको छ, तर सरकारको त्यो दायित्व पूरा हुन सकेको छैन’ । 

 

उनले बीमा क्षेत्रलाई स्थानीय सरकारले प्राथमिकता राखेर काम नगरेको आरोप लगाएका छन् । अहिलेसम्म पनि संघीय सरकार र स्थानीय सरकारको श्रोत साधनपनि पहिचान भै नसकेको अवस्थामा छ । सबै तहको राजस्वको बाँडफाँट हुन नसकेको अवस्थामा बीमा क्षेत्रलाई स्थानीय सरकारहरुले प्राथमिकतामा राखेर नलगेको उनको तर्क छ । आ–आफ्नो पालिका स्तरमा आफ्नो तरिकाले अन्तरक्रिया  गरेको भए पनि त्यो प्रयासले मात्र सम्भव हुन नसकेको उनको बुझाई छ । 

ग्रामीण क्षेत्रको मात्र नभई शहरी क्षेत्रमा बस्ने मानिसहरू पनि बीमाको महत्व र पहुँचबाट टाढिएको उनले बताएका छन् । यसो हुनुको मुख्य समस्या भनेको बीमाको प्रीमियम तिर्न नसक्नु रहेको उनको बुझाई छ । उनी भन्छन् ‘ ग्रामीण क्षेत्रको मात्र नभई शहरी क्षेत्रमा बस्ने मानिसहरू पनि बीमाको महत्व र पहुँचबाट टाढिएको छन् ।’ 

\"\"

धेरै जनाले बीमाको प्रीमियम तिर्न नसकेको उनले बताएका छन् । उनी छिमेकि देश भारतको उदाहरण दिँदै भन्छन्, ‘भारतमा प्रधानमन्त्री जीवन ज्योति बीमा योजना, प्रधानमन्त्री सुरक्षा योजना, स्वास्थ्यको योजना जस्ता नीति ल्याएको छ’ । त्यसमा पनि १ वर्षको लाईफ इन्स्योरेन्स कभरेज कुनै पनि मृत्युको लागि उपलब्ध गराइएको हुन्छ जसको ३३ रुपैयाँ मात्र प्रीमियम हुन्छ । तर नेपालको खुल्ला अर्थतन्त्रमा नाफा कमाउने उद्देश्यले स्थापित भएका बीमा कम्पनीहरुले  त्यो भारतको जस्तो ३३ रुपैयाँ प्रीमियममा यत्रो ठूलो जोखीम बेहोर्न सक्दैनौ ।’ 

\"\"

यसका लागि संघीय सरकारले अगाडि योजना दिनुपर्ने उनको माग छ । यस्तो कुरामा अहिलेसम्म सरकारले यसमा कुनै ध्यान नदिएको उनले बताए ।  बिमा कम्पनीहरुले आफ्नो कार्य गरिरहेको बताउँछन् । बीमा कम्पनीहरूले बिमा भुक्तानी नगरीरहेको कुरा गलत भएको उनको दाबी छ । ‘मैले बारम्बार सुनिरहेको छु, बीमा कम्पनीहरूले दाबी भुक्तानी गरीरहेका छैनन् त्यो सहि होइन,’ उनले भने ।
 
सही डकुमेन्ट प्रस्तुत गर्नेहरुको मात्र बीमा कम्पनीहरुले  भुक्तानी दिने उनको भनाई छ । ‘यदी सही डकुमेन्ट प्रस्तुत भएन भने कुनै पनि बीमा कम्पनीले दाबी भुक्तानी दिन सक्दैन, त्यो पनि जनताको लगानी नै त हो, उनले भने । यदी सही डकुमेन्ट आयो भने दाबी भुक्तानी दिने गरेको उनले बताएका छन् । 

\"\"