माछापुच्छ्रे बैंक बन्यो साधारणसभा आह्वान गर्ने पहिलो बैंक, १४% लाभांश पारित गर्ने

माछापुच्छ्रे बैंक बन्यो साधारणसभा आह्वान गर्ने पहिलो बैंक, १४% लाभांश पारित गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबारका दिन वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । यससँगै, माछापुच्छ्रे बैंक चालू आर्थिक वर्ष २०७९/८० मा साधारणसभा घोषणा गर्ने पहिलो बैंक बनेको हो । 

बैंकलाई गत आ.व.को मुनाफबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १३.३० प्रतिशत अर्थात रु. १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ बराबर बोनस शेयर र चुक्तापूँजीको ०.७० प्रतिशत अर्थात रु. ७ करोड १८ लाख बराबर नगद लाभांश कर प्रयोजनको लागि गरेर जम्मा कर सहित १४ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको छ । 

राष्ट्र बैंकबाट स्वीकृती प्रप्त गरेसंगै बैंकको मिति २०८० भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले उपरोक्त मितिमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरे पश्चात शेयरधनीहरुमा वितरण हुनेछ । 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपैंया तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैंया संचित छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।