बीमा कम्पनीले अब दम्पत्ति बीमा लेख बिक्री गर्न नपाउने

बीमा कम्पनीले अब दम्पत्ति बीमा लेख बिक्री गर्न नपाउने


बैंकिङ्ग समाचार । 

जीवन बीमा कम्पनीहरुले अब दम्पत्ति बीमा लेख जारी गर्न नपाउने भएका छन् ।

जीवन बीमा कम्पनीहरुले हालसम्म दम्पत्ति बीमा योजना भन्दै श्रीमान वा श्रीमतीमध्ये एक जनाको बीमा गर्दा दुबैको जोखिम बहन गर्दै आएका थिए ।

बीमाको सिद्दान्त र नीतिमा प्रिमियम नलिएर जोखिम बहन गर्न नमिल्ने हुँदा त्यस्तो बीमा लेख खारेज गरिएको बीमा समितिले जनाएको छ । 

पछिल्लो समय जीवन बीमा कम्पनीले बिबाहित दम्पत्तिलाई लक्षित गरी दम्पत्ति बीमा योजना ल्याउन होडबाजी नै चलाएका थिए । यो निकै चर्चामा आएको पोलिसी पनि थियो ।

एउटै बीमा योजनाले श्रीमान र श्रीमतिको जोखिम बहन गर्ने स्किम ल्याएर बिबाहित जोडीलाई आकर्षित गर्न बीमा कम्पनीहरु अग्रसर देखिएका थिए । बीमा कम्पनीहरुले आर्थिक सुरक्षाको निश्चितताले पारिवारिक जीवन सुखमय बनाउने भन्दै यो योजनालाई बिक्री गरिरहेका थिए ।

तर केही समय यता दम्पत्ति बीमा लेखमा विकृती भएको भन्दै बीमा समितिले यसलाई हटाउन लागेको थियो । बुधबार समितिले एक निर्देशन जारी गर्दै दम्पत्ति बीमा रोकेको जनाएको छ ।

\"\"