एनआरएन इन्फ्रास्ट्रक्चरले घाेषणा गर्याे ४२ प्रतिशत लाभांश, पुस ४ गते वार्षिक साधारण सभा


काठमाडौं – एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र (कर प्रयोजनार्थ) २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ । सो दरमा लाभांश पारित गर्न कम्पनीले आगामी पुस ४ गते, शुक्रबार, आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौंमा बिहान ९ बजे १३ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सो सभाले लाभांशका साथै बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित परिन गर्नेछ।