एचएसबीसी बैंकले ३५ हजार कर्मचारी कटौती गर्ने

एचएसबीसी बैंकले ३५ हजार कर्मचारी कटौती गर्ने


एजेन्सी,  बेलायतको एचएसबीसी बैंकले ३५ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।

सन् २०१९ मा अनुमान गरेको भन्दा एक तिहाइ नाफा घटेपछि एचएसबीसीले कर्मचारी कटौतीको घोषणा गरेको हो । यसबाट सन् २०२२ सम्म बैंकको साढे चार विलियन डलर खर्च जोगिने बैंकले जनाएको छ ।

बैंकका अन्तरिम प्रमुख कार्यकारी नोइल क्युनले आगामी ३ वर्षमा कर्मचारी २ लाख ३५ हजारबाट २ लाखमा झार्ने बताएका छन् ।

बैंकले अनुमान गरेभन्दा बढी कर्मचारी कटौती गर्न लागेको विश्लेषकहरुले बताएका छन् । बैंकले १० हजार कर्मचारी कटौती गर्ने अनुमान गरिएको थियो । बैंकले एसिया क्षेत्रमा १३।३५ बिलियन डलर नामा कमाउँदा युरोपमा जम्मा ७।३ बिलियन डलर कमाएको थियो ।

यो बैंक हाल उत्तर अमेरिका, युरोप, मध्यपूर्व र एसिया क्षेत्रका ५० देशमा विस्तार भएको छ । प्रधान कार्यालय रहेको बेलायतमा मात्र यसका ४० हजार कर्मचारी रहेका छन् ।