देव विकास बैंकको जोरपाटीमा नयाँ शाखा, ग्राहको सेवामा समर्पित हुने प्रतिवद्धता 

देव विकास बैंकको जोरपाटीमा नयाँ शाखा, ग्राहको सेवामा समर्पित हुने प्रतिवद्धता 


बैंकिङ्ग समाचार । 

देव विकास बैंक लिमिटेडले काठमाडौंस्थित जोरपाटीमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले गोकर्णेश्वर नगरपालिका–६ स्थित जोरपाटीमा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग कारोबार सुरुवात गरेको हो । बुधवार जोरपाटीस्थित शाखा कार्यालय परिसरमा आयोजित एक समारोहबीच बैंकका संञ्चालक समितिका सदस्य भरत बहादुर हमालले शाखा कार्यालयको उद्घाटन गरे । 

उनले वित्तिय क्षेत्रमा गुणस्तरिय सेवा विस्तारमा जोड दिँदै यस क्षेत्रबाट संकलित निक्षेपलाई थुप्रै व्यापार व्यवसायमा लगानी गर्ने र स्थानीय उद्यमशीलताको विकासका लागि सहकार्य गर्ने बताए । 

यस्तै गोकर्णेश्वर नगरपालिका–६ का अध्यक्ष रमेश अर्याले आफ्ना वडामा भएका बैकिङ्ग गतिविधिको विस्तारबाट समग्र नगरपालिका क्षेत्र नै आर्थिक गतिविधिको हब बनेको सन्तोषजनक मन्तव्य प्रस्तुत गरे । 

यस्तै बैंकका प्रमूख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले देवः विकास बैंक सधैं ग्राहकको अधिकतम सुविधालाई ध्यानमा राखि अगाडि बढिरहेको र समयानुकूल आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं स्तरोन्नतिका लागि कुमारी बैंकसँग एक्विजिशनमा जान लागेको जानकारी दिए । 

अब बैंकले ग्राहकहरुको अपेक्षा अनुरुपको काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै बैंकका शाखा प्रमुख राम बहादुर श्रेष्ठले ग्रामीण तथा शहरी क्षेत्रमा तिब्र गतिमा आफ्नो सेवालाई थप सहज र सरल बनाउने उद्देश्यले शाखा कार्यालय स्थापना गरिएको बताए । 

कार्यक्रममा देवः विकास बैंकका संचालक विजय राज शर्मा भुषाल, महानगरिय प्रहरी बृत, बौद्धका प्रहरी नायब उपरिक्षक रेशम बहादुर सिंहले पनि लगायतले बैंकले ग्राहका लागि उल्लेखिय काम गरेको बताए । 

कार्यक्रममा यस्तै समारोहमा मन्तव्य राख्नु भएको थियो भने गोकर्णेश्वर नगरपालिका, वडा नं ६ का सदस्यहरु जगनाथ ढकाल, नवराज लामा लगायत पनि बैंकका क्षेत्रिय प्रमूख, पत्रकार, विभिन्न संघसंस्थाका प्रमूख, व्यापारी, स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

समारोहका केही झलकहरु 

\"\"\"\"\"\"