काठमाडौं –प्रहरीले विभिन्न स्थानबाट भरुवा बन्दुकसहित तिन जना पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ हाङ्गलम बस्ने ४७ वर्षीय गोपीराम प्रजालाई भरुवा बन्दुक २ थान, अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम र जनावरको जस्तो देखिने हड्डीको टुक्रा ९ थान सहित गए राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले प्रजाको घर नजिकै करेसा बारीमा रहेको कर्कलो घारीमा लुकाई छिपाई राखेको उक्त बन्दुक तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, हुम्लाको सिमकोट गाउँपालिका– ७ चुकेडी भिर भन्ने स्थानबाट भरुवा बन्दुक २ थान सहित २ जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू सोही गाउँपालिका– ७ डाँडाफाया बस्ने ६८ वर्षीय अंग बहादुर शाही र ६३ वर्षीय लोक बहादुर शाही रहेका छन् ।
इलाका प्रहरी कार्यालय मुचुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया