नेपाल माइक्रो इन्स्योरेन्समा रोजगारीको अवसर, के-के चाहिन्छ ?


काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले एकैचोटी ५ पदका लागि रोजगारीको आवेदन खुलाएको छ। कम्पनीले चिफ मार्केटिङ अफिसर १ जना, चिफ फाइनान्स अफिसर १ जना, प्रदेश प्रमुख (मार्केटिङ) ५ जना, मार्केटिङ स्टाफ (सहयोगीदेखि अधिकृत तहसम्म) केही संख्या र असिस्टेन्ट आईटी डिपार्टमेन्टमा १ जनाका लागि आवेदन खुलाएको हो।

सो पदमा आवेदन दिन इच्छुक आवेदककर्तामा बीमा, बैंकिङ्ग वा वित्तीय संस्थामा अनुभव भएका लागि प्राथमिकता दिइनेछ। त्यस्तै, नेपाली र अंग्रेजी भाषामा उत्कृष्ट सञ्चार कौशल भएका, नेतृत्व तथा सामूहिक रूपमा काम गर्न सक्ने क्षमता भएकाले आवेदन दिन सक्नेछन्।

मार्केटिङ्ग कर्मचारी पदका लागि भने भर्खरै स्नातक उत्तीर्ण भएकाहरूले पनि आवेदन दिन सक्नेछन्। उक्त पदहरूका लागि तोकिएको योग्यता पूरा भएको व्यक्तिले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको इमेल ठेगाना मार्फत आवेदन दिनु पर्नेछ।