मकवानपुरबाट पेस्तोलसहित टेकबहादुर सिङतान पक्राउ 


काठमाडौं – मकवानपुरको बागमती गाउँपालिका– ९ बेतिनी अगौटेबाट एक थान पेस्तोल र उक्त पेस्तोलको म्यागजिनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका टेकबहादुर सिङतान रहेको छन्। 

बागमती गाउँपालिका –०९ बेतिनी अगौटेस्थित एक घरमा पेस्तोल लुकाएर राखिएको विशेष सूचनाका आधारमा चेकजाँच गर्दा सिङतानको घरबाट प्रहरीले  पेस्तोल बरामद भएको हो। 

बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुई तले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइराखेको अवस्थामा प्रहरीले ‘एउटा पेस्तोल र उक्त पेस्तोलको एउटा म्यागजिन बरामद गरिएको हो।

सिङतानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।