सिटिजन्स बैंकद्वारा विद्यालयलाई एक लाख रुपियाँ सहयोग

सिटिजन्स बैंकद्वारा विद्यालयलाई एक लाख रुपियाँ सहयोग


बैंकिङ्ग समाचार । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नलगाड नगरपालिका ७, जाजरकोटमा रहेको श्री त्रिभुवन माध्यमिक विद्यालयलाई एक लाख रुपियाँ आर्थिक सहयोग गरेको छ। मंगलबार विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो।

यस विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएकका करिव ११५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको बैंकले जनाएको छ। उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पूर्वाधार निर्माण गरिने छ।