नेप्से बढ्दा लगानीकर्ताको सम्पत्ति ६९ अर्बले बढ्यो 

नेप्से बढ्दा लगानीकर्ताको सम्पत्ति ६९ अर्बले बढ्यो 


बैंकिङ्ग समाचार । 

शेयर बजारमा यतीबेला बुलिस क्रम जारी छ । सोही क्रम जारी रहँदा फागुनको पछिल्लो ४ कारोबारमा लगानीकर्ताको सम्पत्ति एकै दिनमा  ६९ अर्ब १४ करोड ३ लाख रुपैयाँले बढेको छ। यस्तै नेप्सेमा सर्वसाधारण लगानीकर्ताको मात्र सम्पत्ति मापन गर्ने फ्लोट पूँजीकरण २४ अर्ब ८० करोड रुपैयाँ बढेर ६ खर्ब ५१ अर्ब ४ करोड पुगेको छ।

शेयर बजारमा नेप्से बढेसँगै सूचीकृत कम्पनीको भाउ बढ्दा लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि भएको हो। फागुन ६ गते मंगलबार शेयर बजारको कूल बजार पूँजीकरण १७ खर्ब ८६ अर्ब ६३ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

शेयर लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण १७ खर्ब १७ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ रहेको थियो। जसमा सर्वसाधारण लगानीकर्ताको मात्र सम्पत्ति मापन गर्ने फ्लोट पूँजीकरण ६ खर्ब २६ अर्ब २४ करोड पुगेको छ।