शिवरात्रिमा सानिमा बैंकको डिजिटल प्रसाद

शिवरात्रिमा सानिमा बैंकको डिजिटल प्रसाद


बैंकिङ्ग समाचार । 

सानिमा बैंक लिमिटेडले महा शिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । 

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

यो योजना अन्तर्गत बिवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउने बैंकले जनाएको छ ।

साथै, यो योजना अन्तर्गत मामहिला ग्राहकले रु. १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउने बैंकले व्यवस्था गरेको छ ।