नेशनल लाईफले माग्यो ठुलो संख्यामा कर्मचारी

नेशनल लाईफले माग्यो ठुलो संख्यामा कर्मचारी


बैकिङ्ग समाचार ।
नेशनल लाईफ इन्स्योरेन्सले प्रदेश नेतृत्व तहदेखि प्रशिक्षार्थी तहसम्म नयाँ कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले सूचना जारी गर्दै प्रदेश प्रमुख, ब्रान्च इन्जार्ज–बजार र सहायक– प्रशिक्षार्थीमा नयाँ कर्मचारी भर्ना गर्न आवेदन माग गरेको हो ।

माग गरिएको कुल कर्मचारी संख्या नखुलाइए पनि प्रदेश प्रमुख ७ जना भन्दा बढि नहुने र ब्रान्च इन्चार्जको संख्या केही बढि हुने बताइएको छ । प्रशिक्षार्थी कर्मचारीको संख्या धेरै हुन सक्ने बताइएको छ ।

प्रदेश प्रमुख पदमा आवेदन दिनको लागि पाँच वर्षको कार्य अनुभव हुनु अनिवार्य छ भने शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्ने छ । त्यसैगरी, शाखा इन्चार्जको लागि समेत स्नातक तहको शैक्षिक योग्यताको साथै शाखा सञ्चालन गर्न सक्ने नेतृत्वदायी क्षमता भएको व्यक्तित्व हुनुपर्ने इन्स्योरेन्सले जनाएको छ ।

प्रशिक्षार्थी सहायक पदमा आवेदन दिनको लागि १२ कक्षा वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको व्यक्ति हुनुपर्ने छ ।

\"\"