सिटिजन्स बैंकको चौथो त्रैमास रिर्पोटः नाफा साढे २ करोड, प्रतिशेयर आम्दानी ४.५ रुपैयाँले घट्यो

सिटिजन्स बैंकको चौथो त्रैमास रिर्पोटः नाफा साढे २ करोड, प्रतिशेयर आम्दानी ४.५ रुपैयाँले घट्यो


बैकिङ्ग समाचार ।  

सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०७५/७६ को सोही अवधिको तुलनामा ९३ प्रतिशतले कम हो । 

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा मात्र बैंकले ३९ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको चौथो त्रैमासमा कोरोना भाइरसका कारण बैंकको कर्जाको सावाँ तथा ब्याज नउठेको हुनाले पनि नाफा कम भएको हो।

कोरोना भाइरसको प्रभवाका कारण उद्योग ब्यावसायलाई सहज वातावरण निर्माण गर्नका लागि कर्जाको पुनरतलिकिकरण तथा पुनरसंरचना गर्ने व्यवस्थाका कारणले पनि बैंकको नाफामा गिरावट आएको हो ।

९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको असार मसान्तमा १२ रुपैयाँ २७ पैसा कायम भएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको आम्दानी १७ रुपैयाँ ४९ पैसा रहेको थियो। तर, बैंकले वित्तीय विवरणमा गत आर्थिक वर्षको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९२ पैसा उल्लेख गरेको छ। बैंकको मूल्य आम्दानी अनुपात १५.३१ गुणा रहेको छ।

आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.७३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो।

गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८८ करोड १६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ थियो । यो अवधिमा बैंकले फि तथा कमिसन आम्दानीमा समेत समान्य सुधार गरेको छ ।

बैंकले गत आवमा ८८ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले अघिल्लो आवमा ७० अर्ब ५० करोड करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले गत आवमा ७९ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ६२ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह  गरेको थियो ।

बैंकको खराब कर्जा १.४६ प्रतिशत छ । कर्जा निक्षेप अनुपात ७६.७९ प्रतिशत, आधार ब्याजदर ९.०४ प्रतिशत, कर्जा निक्षेप व्याज अन्तर (स्प्रेडदर) ४.०३ प्रतिशत छ । मल्य आम्दानी अनुपात १४.५५ प्रतिशत रहेको बैंकको प्रतिशेयर आम्दानी १२.९२ रुपैयाँ छ ।अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकको प्रतिशेयर आम्दानी १७.४९ रुपैयाँ रहेको थियो ।