कोरोनाबाट थप ११ जनाको मृत्यु, ४८४ संक्रमित थपिए

कोरोनाबाट थप ११ जनाको मृत्यु, ४८४ संक्रमित थपिए


बैकिङ्ग समाचार । 
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ भने ४८४ जना संक्रमण थपिएका छन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । उनीहरु मध्ये ९२ जनाको मृत्यु भएको छ भने १६ हजार ७२८ जना निको भएका छन् ।

किस्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुटवल कोरोना विशेष अस्पताल र कोशी कोभिड अस्पतालमा १/१ जनाको मृत्यु भएको छ । 

यस्तै सप्तरीमा संक्रमण पुष्टिपछि अस्पताल लैजाँदै गर्दा, महोत्तरी र बारामा मृत्युपछि संक्रमण पुष्टि भएको छ ।