कपिलवस्तु जिल्ला अस्पतालका १८ स्वास्थ्यकर्मीमा काेराेना

कपिलवस्तु जिल्ला अस्पतालका १८ स्वास्थ्यकर्मीमा काेराेना


बैकिङ्ग समाचार ।
कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत १८ जना स्वास्थ्यकर्मीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ।

गत सोमबार अस्पतालमा कार्यरत ९१ जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएकोमा १८ जनामा कोरोना पुष्टि भएको हो। १३ जनाको भने रिपोर्ट आउन अझै बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

अस्पतालका मेडिकल अधिकृत, ल्याब, नर्सिङ्ग, इमेरजेन्सी लगायत फाँटका स्वास्थ्यकर्मीहरुमा कोरोना पुष्टि भएको छ। यसअघि संक्रमित भएका ५ जनासहित कपिलवस्तु अस्पतालका २३ जनामा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

यसअघि नै ५ जनामा कोरोना संक्रमण देखिएपछि अस्पतालले इमेरजेन्सी बाहेकका सबै सेवाहरु बन्द गरेको छ। कपिलवस्तुमा बुधबारसम्म ९ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये एक जनाको मंगलबार राति बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा मृत्यु भएको छ। मंगलबार राति बुटवलमै मृत्यु भएका अर्का एकजनाको भने रिपोर्ट आउन बाँकि रहेकाे कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।