सिद्धार्थ बैंकद्वारा कोरोना रोकथाम कोषमा थप २ करोड ६७ लाख सहयोग

सिद्धार्थ बैंकद्वारा कोरोना रोकथाम कोषमा थप २ करोड ६७ लाख सहयोग


बैकिङ्ग समाचार । 
सिद्धार्थ बैंकले बुधबार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको थप २ करोड ६७ लाख २७ हजार ९२९ रुपैयाँ नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई हस्तान्तरण गरेको छ।

उक्त रकम आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच बैंकका अध्यक्ष मनोज कुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् । अर्थमन्त्री डा. खतिवडाले बैंकलाई धन्यवाद ज्ञापन गर्दै बैंकको तर्फबाट प्रदान गरिएको यो सहयोग नै हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वको सबैभन्दा राम्रो उदाहरण भएको बताउँदै प्राप्त रकमको सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा नै सदुपयोेग गर्ने बताए । 

बैंकले यस अघि पनि प्रदेश सरकार तथा विभिन्न स्थानीय तहलाई गरी ७६ लाख २४ हजार ६२० रुपैयाँ सहयोग प्रदान गरिसकेको छ । बैंकले हालसम्म कुल ३ करोड ४३ लाख ५२ हजार ५४९ रुपैयाँ सहयोग प्रदान गरेका छ ।

यसरी प्रदान गरिएको रकमबाट कोरोना भाइरस संक्रमण रोेकथाम तथा उपचारकाका लागि ठूलो सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले हालको प्रतिकुल परिस्थितिमा सरकारले तोकेको स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप बैंकले स्थानीय अधिकारी एवं सरकारका अन्य विभिन्न निकायसंगको समन्वयमा विभिन्न शाखाहरुका साथै डिजिटल माध्यमबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।