बीमा कम्पनीहरुमा आलोपालो, ५०% कर्मचारीबाट काम चलाउनुपर्ने

बीमा कम्पनीहरुमा आलोपालो, ५०% कर्मचारीबाट काम चलाउनुपर्ने


बैकिङ्ग समाचार । 
बीमा समितिले इजाजत प्राप्त सबै बीमा कम्पनीहरुलाई आलोपालो प्रणाली मार्फत कार्यालय संचालन गर्न निर्देशन दिएको छ । समितिले बीमकहरुलाई परिपत्र जारी गर्दै ५० प्रतिशत कर्मचारीहरुबाट काम चालाउन भनेको छ ।

साउन २६ गतेको मन्त्रिपरिषद बैठकले बैंक वित्तीय संस्था तथा सरकारी र गैरसकारी कार्यालयहरु आलोपालो प्रणालीमा बढीमा ५० प्रतिशत कर्मचारीबाट संचालन गराउने निर्णय गरेको थियो । बैंकहरुले निर्णय सार्वजनिक हुनासाथ कार्यान्वयन गरे पनि बीमा समितिले भने बुधबार मात्र निर्देशन दिएको हो ।

समितिले बीमकका कर्मचारीहरु एकैपटक कार्यालयमा आवत-जावत र कार्य सम्पादन गर्दा कोभिड-१९ को संक्रमण बढ्ने हुँदा सजगता अपनाई कर्मचारीहरुलाई आलोपालो गरी बढीमा ५० प्रतिशत कर्मचारीबाट कार्य सम्पादन हुनेगरी व्यवस्था गर्न निर्देशन दिएको हो ।

साथै सवारी साधनमा पनि जोर-विजोर प्रणाली अपनाई कार्यालय सञ्चालन गर्न तथा कर्मचारी व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ ।

\"\"