एनआरएन इन्फास्ट्रक्चरलाई ३४ करोडको आईपीओ बेच्न बोर्डको अनुमति

एनआरएन इन्फास्ट्रक्चरलाई ३४ करोडको आईपीओ बेच्न बोर्डको अनुमति


बैकिङ्ग समाचार ।

एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडलाई  धितोपत्र बोर्डले प्रथामिक शेयर जारी गर्न अनुमति प्रदान गरेको छ।

एक सय रुपैयाँ अंकित दरमा ३३ करोड ९८ लाख ४ हजार ६०० रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ जारी गर्न बोर्डले अनुमति प्रदान गरेको हो।

जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको राष्ट्रिय विकासमा योगदान पुर्याउने मुख्य लक्षका साथ एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ देखि निरन्तर मुलुकको विकासमा योगदान गरिरहेको छ । काठमाडौंमा केन्द्रय कार्यालय स्थापना गरी गैरआवासीय नेपालीहरुको प्रवर्धनमा स्थापीत उक्त कम्पनीले थुप्रै विकासोन्मुख कामहरु गर्दै आइरहेको छ । 

कम्पनीले मथिल्लो मैलुङ खोला हाइड्रोपावर १४.३ मेगावट, स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन २८.१ मेगावट, मध्य तमोर हाइड्रोपावर ५४ मेगावट र हिमालयन पावर पार्टनर २७ मेगावट, लगायतका परियोजनामा लगानी गरेको छ।

एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको आइपीओमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।