ओरिएण्टल इन्स्योरेन्सको नाफा २९ करोडभन्दा माथि

ओरिएण्टल इन्स्योरेन्सको नाफा २९ करोडभन्दा माथि


बैंकिङ्ग समाचार । 

ओरिएण्टल इन्स्योरेन्सले चालू आवको ६ महीनामा रू. २९ करोड ७८ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले २४१ प्रतिशत बढी नाफा गरेको हो । गत वर्ष यसै अवधिमा कम्पनीले रू. ८ करोड ५० लाख ५१ हजार खुद नाफा गरेको थियो । 

यस वर्ष कम्पनीको आम्दानी १३८ दशमलव ७३ प्रतिशत बढेको छ । गत वर्ष रू. १३ करोड ५९ लाख ५८ हजार आम्दानी गरेको यस कम्पनीले यो वर्ष रू. ३२ करोड ४५ लाख ६८ हजार आम्दानी गरेको छ । जगेडा कोष रकम भने यस वर्ष रू. १५ करोड ४१ लाख ऋणात्मक रहेको छ । गत वर्ष यस अवधिमा कम्पनीको जगेडा कोषमा रू. ३ करोड २० लाखभन्दा बढी रकम रहेको थियो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीले ३० प्रतिशत बढी बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष रू. ४५ करोड ३९ लाख ४७ हजार बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. ५८ करोड ९६ लाख ८५ हजार बीमाशुल्क आर्जन गरेको हो । यस वर्षको ६ महीनामा कम्पनीले ११ हजार १०९ बीमालेख जारी गरेको छ । गत वर्ष यस अवधिमा कम्पनीले ९ हजार ९४० बीमालेख जारी गरेको थियो ।