आज शेयर बजार सकारात्मक बिन्दुमा अडियो, २ अर्ब १२ करोडको कारोबार

आज शेयर बजार सकारात्मक बिन्दुमा अडियो, २ अर्ब १२ करोडको कारोबार


बैंकिङ्ग समाचार ।

शेयर बजार परिसूचक नेप्से १ हजार ४०० को सकारात्मक  बिन्दुमा अडिएको छ । 

पछिल्लो दुई दिनमा लगातार ५६ अंकको उच्च वृद्धिसँगै मंगलबार बजारमा करेक्शनको अपेक्षा गरिएपनि बजार पुन १.७७ बिन्दुले बढेको छ । यससँगै पछिल्लो ३ दिनमा नेप्से ५८.०३ अंकले बढेको छ । यसअद्धि गत बिहीबार सामान्य अंकको गिरावट आएपनि यस साता नेप्सेमा वृद्धि कायम छ । 

आज १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर २० हजार ८५९ पटक खरीद बिक्री हुँदा कारोबार रकम २ अर्ब १२ करोड ५९ लाख ७७ हजार रुपैयाँ पुगेको हो। सोमबार १ अर्ब ८८ करोड ४४ लाख रुपैयाँको कारोबार भएकोमा मंगलबार थप २४ करोड १५ लाख रुपैयाँले कारोबार बढेको हो।

आज कारोबारमा आएका उत्पादनमूलक र सामूहिक लगानी कोषको सूचक १ प्रतिशतले बढेको छ भने विकास बैंक, बैंकिङ्ग र ब्यापारको सूचक १ प्रतिशतभन्दा कमले सुधारिएको छ । होटल र जलविद्युतको इक्डेक्स १ प्रतिशत बढीले घट्दा निर्जीबन बीमा, जीबन बीमा, लघुवित्त, अन्य, वित्तको सूचक घटेका छन्।

मंगलबार सकारात्मक देखिएको शेयर बजारमा उच्च कारोबार हुने दश कम्पनीमा ५ बैंक र ३ बीमा कम्पनी समेटिएका छन्। एनआईसी एशिया बैंकको सर्वाधिक १० करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ भने एनएमबि, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्टस्, नेपाल लाइफ, शाइन रेसुङ्गा, शिखर इन्स्योरेन्स, नेपाल बैंक, प्रभु बैंक र नेको इन्स्योरेन्सको उच्च कारोबार भएको छ ।

९ महिनापछि मंगलबारबाटै बजारमा कारोबार खुलेको कालिका लघुवित्त र घलेम्दी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा लक्ष्मी लघुवित्तका शेयरधनीले ५.६८ र पाँचथर पावरका लगानीकर्ताले ५.५१ प्रतिशतले गुमाएका छन्। कूल १८१ कम्पनीको कारोबार भएकोमा ५४ कम्पनीको शेयरमूल्य बढ्दा १२२ कम्पनीको घटेको हो।