१ अर्ब ६० करोडको आईपीओ खुल्दै 

१ अर्ब ६० करोडको आईपीओ खुल्दै 


बैकिङ्ग समाचार ।

नेपाल धितोपत्र बोर्डले १ अर्ब ६० करोडको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति प्रदान गरेको छ। बोर्डले नेपाल पुनर्बीमा कम्पनीलाई प्राथमिक शेयर निष्काशनका लागि अनुमति प्रदान गरेको हो। ।

बोर्डका अनुसार कम्पनीलाई फागुन ४ गते आइतबार उक्त आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरिएको हो ।यससँगै कम्पनीले आईपीओ निष्काशनका लागि आह्वानपत्र जारी गर्नेछ।

कम्पनीले कुल एक अर्ब ६० करोड बराबरको एक करोड ६० लाख कित्ता आईपीओ जारी गर्नेछ । आईपीओ निष्कासनका लागि कम्पनीले शेयर बिक्री प्रवन्धकमा आरबीबी मर्चेन्ट बैकिंङ लिमिटेडलाई नियुक्त गरिसकेको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड २ को रेटिंङ प्रदान गरेको छ ।

हाल नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्ब , जारी पूँजी १० अर्व र चुक्ता पूँजी ८ अर्व ४० करोड रहेको छ। आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी१० अर्ब पुग्नेछ।

कम्पनीमा सरकारको ४४, बीमा कम्पनीहरुको ३९ र सर्वसाधारणको १६ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।