नेप्सेमा २ कम्पनीको करिब २ करोड कित्ता शेयर सूचीकृत

नेप्सेमा २ कम्पनीको करिब २ करोड कित्ता शेयर सूचीकृत


बैकिङ्ग समाचार ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा फागुन ६ गते मंगलबार १ करोड ९४ लाख ५८ हजार ३६१ कित्ता शेयर सूचीकृत भएको छ ।

नेप्सेले दिएको जानकारी अनुसार एनसीसी बैंकको १ करोड २२ लाख ७६१ कित्ता बोनस र युनाइटेड इन्स्योरेन्सको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकरण गरिएको हो।

यससँगै एनसीसी बैंकको साधारण सभाका लागि बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहेका शेयरधनीले बोनस र युनाइटेड इन्स्योरेन्सको हकप्रदका लागि बुकक्लोजको अघिल्लो दिनसम्म कायम लगानीकर्ताले हकप्रद शेयर आफ्नै डिम्याट खातामा प्राप्त गर्नेछन्।

आफ्नो खातामा शेयर प्राप्त भएपछि दुबै कम्पनीका शेयरधनीले धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन्।