नागरिक लगानी कोषको लिलामीको शेयरमा आवेदन गर्ने अन्तिम दिन

नागरिक लगानी कोषको लिलामीको शेयरमा आवेदन गर्ने अन्तिम दिन


बैकिङ्ग समाचार ।

प्रिमियर इन्स्योरेन्स कम्पनीले बिक्रीमा राखेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १७ सय ५० रुपैयाँमा उक्त शेयर बोलकबोलको माध्यमबाट बिक्रीमा राखेको हो । अहिले दोस्रो बजारमा नागरिक लगानी कोषको शेयर मूल्य प्रतिकित्ता २ हजार ७ सय ८९ रुपैयाँ रहेको छ ।

उक्त शेयर खरिदका लागि बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुले आवेदन दिन पाउने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले कुल ५० हजार कित्ता सेयर बिक्री गर्ने छ। यसको कुल न्यूनतम मूल्य ८ करोड ७५ लाख रुपैयाँ हुने छ।

शेयर खरीदका लागि फागुन ६ गतेसम्म सात दिनभित्र आवेदन दिइसक्नु पर्ने छ। न्यूनतम एक सय कित्ता तथा अधिकतम सबै शेयरका लागि आवेदन गर्न पाइनेछ । आवेदन परेको तीन दिनभित्र बाँडफाँड गरिने बिक्री प्रबन्धकले जानएको छ।