शेयर बजारमा भारी अंकको गिरावट, नेप्से ३५.०७ अंकले घट्दा कारोबार रकम ६ अर्ब ६७ करोड

‘बैंकिङ्ग समूहमा ३१.६७ अंकको गिरावट’


काठमाडों – आज (मंगलबार) शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३५ दशलमव ०७ अंकले घटेर २,६५९ को विन्दुमा कायम भएको छ । आज ३४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१५ कम्पनीको १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ४१ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ओम मेगाश्री र पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । प्रभु स्मार्ट फन्डका इकाईधनीले ४ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् । नारायणी डभेलपमेन्ट बैंकका लगानीकर्ताले साढे ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डभेलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानीकर्ताले ४ दशमलव ८९ प्रतिशतका दरले गुमाएका छन् ।