नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ८ अर्ब ५८ करोड


काठमाडौं – बुधबार शेयर बजारमा दोहारो अंकको वृद्धि देखिएको आएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६ दशलमव ५५ अंकले बढेरसँगै बजार २६ सय ९२ दशमलव १८ को बिन्दुमा कायम भएको छ ।

आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ कम्पनीको शेयर मूल्य घट्दा २ कम्पनीको शेयर मूल्यमा स्थिर देखिएको हो । आज दिनभरिमा ३२३ कम्पनीको २ करोड ७५ लाख कित्ता बढीको शेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड बढीको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीले १ अर्ब माथि कारोबार गरेको छ ।

आज सबैभन्दा धेरै बाराही हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको लगानीकर्ताले आज ६ दशमलव ८४ प्रतिशतका दरले गुमाएका हुन् । त्यसैगरी, आज सबैभन्दा बढि ओम मेगाश्री कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।