नेप्सेका सीईओ चापागाईले भेटे गभर्नर डा. पौडेल


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरेका छन् । उनले आज नवनियुक्त गभर्नरलाई भेटेर शेयर बजारसँग सम्बन्धित विषयमा छलफल गरेका हुन् ।

भेटघाटका क्रममा गभर्नर पौडेललाई बधाई एवम् शुभकामना दिँदै सीईओ चापागाईले नेपालको शेयर बजारको दिगो विकासका निमित्त सहकार्य गर्नुपर्ने बताएका थिए । नेपाल राष्ट्र बैंकले लिने नीतिहरुले शेयरबजारको वर्तमान र भविष्य प्रभावित पार्ने भएकाले यि दुई निकायबिचको सहकार्य आवश्यक रहेको विषय समेत भेटघाटमा उठेको थियो ।

यसअघी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पनि गभर्नर पौडेलसँग भेटवार्ता गरेका थिए ।