शेयर बजारमा झिनो अंकको गिरावट, ७ अर्ब ५८ करोडको कारोबार


काठमाडौं – सोमबार शेयर बजारमा झिनो अंकको गिरावट आएर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ दशलमव ९७ अंकले घटेर २६ सय ७७ को बिन्दुमा कायम भएको छ । आज ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३७ कम्पनीको १ करोड ९१ लाख ६० हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६४ करोड ३१ लाख ५० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।