पूर्व बैंकर अनिल केशरी शाहले औपचारिक रूपमा छाडे रास्वपा


काठमाडौं – पूर्व बैंकर अनिल केशरी शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका छन् । आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले शाहले दिएको राजीनामा स्वीकृत गरेसँगै उनी रास्वपाबाट औपचारिक रूपमा बाहिरिएका हुन् ।

रास्वपाको  प्रशिक्षण विभाग प्रमुखको रूपमा रहेका शाहले नेतृत्व विकासमा पार्टीले प्राथमिकता नदिएको भन्दै राजीनामा दिएका थिए ।