नवनियुक्त गभर्नरले पुरा गरे लगानीकर्ताको माग, कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत कायम


काठमाडौं – केन्द्रीय बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पुँजी बजार लक्षित नीति लिएका छन् । गभर्नरमा नियुक्त भएसँगै सार्वजनिक गरेका चालु आवको तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षामार्फत उनले लगानीकर्ताले लामो समयदेखि राख्दै आएको मागको सम्बोधन गरेका हुन् ।

सोही अनुरूपराष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा मार्फत पुँजी बजारको मागलाई सम्बोधन गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फ शेयर धितो कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत कायम गरेको हो।

यसअघि शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत रहेको थियाे । योसँगै लगानीकर्ताहरूले लामो समयदेखि राख्दै आएको माग पुरा भएको छ ।