काठमाडौं – आइतबार शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशलमव ५७ अंकले घटेर २,६७९ को बिन्दुमा कायम भएको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ३० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २९ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव २५ प्रतिशतका दरले कमाएका छन् । रिभर फल्स पावरका लगानीकर्ताले ७ दशलमव ७४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानकिर्ताले ८ दशलमव १६ प्रतिशतका दरले गुमाएका छन् । आज माईक्रोफाइनान्स बाहेक सबै क्षेत्रको उपसूचकमा राताम्मे भएको छ।



About Us
प्रतिक्रिया