नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ९ अर्ब ८२ करोड

‘बैंकिङ्ग समूहमा ५२.९८ अंकको गिरावट’


काठमाडौं – साताको अन्तिम कारोबारको दिन (बिहीबार) शेयर बजारमा दोहोरो अंकको वृद्धि आएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८ दशमलव ७० अंकले बढेर बजार २६ सय ८८ दशमलव २१ को बिन्दुमा कायम भएको हो ।

आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १४४ कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज दिनभरिमा ३१४ कम्पनीको २ करोड २१ लाख ३२ हजार ७ सय ४१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७१ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नगदी ग्रुप र राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज नगदीको ६८ करोड ५३ लाख ९० हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यसैगरी, राधि विद्युत्काे ६० करोड ४४ लाख १२ हजार आसपास रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया बैंकका लगानीकर्ताले ८ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् ।

फरवार्ड माइक्रो फाइनान्सका लगानीकर्ताले ८ दशमलव ०६ प्रतिशतका दरले कमाएका छन् । कुमारी बैंकका लगानीकर्ताले ६ दशमलव ५३ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै बराही हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।