रिभर फल्स पावरको ४३ लाख कित्ता शेयरको आजबाट लकइन अवधि सकिँदै


काठमाडौं – रिभर फल्स पावरको ४३ लाख २४ हजार ६०० कित्ता शेयरको लकइन अवधि आजदेखि सकिने भएको छ । कम्पनीले स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट गरेको संस्थापक शेयरको लकइन अवधि जेठ ८ सकिने भएको हो ।

उक्त शेयरको लक इन अवधि सकिएपछि संस्थापक शेयर धनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीको ३५ लाख ७० हजार कित्ता संस्थापक सेयर, ७ लाख कित्ता स्थानीय र १ लाख ३६ हजार ५०० कित्ता कर्मचारीलाई बाँडफाँट गरिएको सेयर लक इन रहेको छ । कम्पनीले सर्वसाधारणलाई २०७९ जेठ ९ गते शेयर बाँडफाँट गरेको थियो ।

उक्त मितिबाट ३ वर्षसम्म संस्थापक शेयर धनी, स्थानीय बासिन्दा र कर्मचारीहरूको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ ।