सेबोनले आईपीओको पाइपलाइनबाट हटायो १४ कम्पनीको नाम, मापदण्ड नपुगेको दाबी


काठमाडौं – नेपाल धितोपत्र बोर्डले पाइप लाइनमा रहेका १४ वटा कम्पनीलाई आईपीओ निष्कासनका लागि पुनः निवेदन दिन आग्रह गरेको छ । धितोपत्र बोर्डका अनुसार पीपीए नगरीकन प्रक्रिया अघि बढाएका र नेटवर्थ ९० भन्दा तल रहेका कम्पनीहरूका लागि पाइप लाइनकाे सूचीबाट हटाएको हो । 

बोर्डले निवेदन दिन आग्रह गरेका कम्पनीहरूमा एपेक्स हस्पिटालिटी, एकर्ड फर्माटिकल्स, अन्नपूर्ण केवलकार, अर्किड होल्डिंग, प्रभु हेलिकप्टर, कान्तिपुर टिभी नेटर्वक,  लाफिङ बुद्ध पावर नेपाल, याम्बालिङ हाईड्रोपावर, युनिक हाईड्रोपावर ,बेनी हाईड्रो, पुवाखोला वान हाईड्रो, सानिमा हाईड्रो, रिचेट हाईड्रोपावर रहेका छन् । उक्त कम्पनीहरूले बोर्डको मापदण्ड पुरा गरेर पुनः आवेदन दिन सक्नेछन् ।