विकास हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने, क–कसले दिन पाउँछन् ?


काठमाडौं – विकास हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ ६ गते (आज) देखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३ सय रुपैयाँको ४९ प्रतिशतले हुन आउने रकम ४४ करोड ५४ लाख ५ सय ९६ कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । साे आईपीओमा स्थानीय बासिन्दाले असार ४ गतेसम्म र वैदेशिक रोजगारीमा रहेकाले जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने हुन आउने १०० रुपैयाँ अङ्कित दरका जम्मा  ९ लाख ९ हजार १ सय १ कित्ता शेयर स्थानीय बासिन्दाका लागि र सर्वसाधारणमा निष्कासन हुने शेयरमध्ये १० प्रतिशतको ३ लाख ५४ हजार ५ सय ५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीले निवेदन दिन सक्नेछन् । 

आयोजना प्रभावितलाई छुटाएको कुल कित्तामध्ये अति प्रभावित क्षेत्र गोर्खाको धार्चे गाउँपालिका वडा न ४ र ५ बासिन्दालाई ४० प्रतिशत र प्रभावित क्षेत्रका यसै गाउँपालिकाको वडा न १,२,३,६,र ७ का बासिन्दालाई ६० प्रतिशत छुट्¥याइएको छ । दुवै समूहका लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीयले यस कम्पनीको आइपीओमा जेठ २० सम्म दिन सक्नेछन् ।

बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । यसमा स्थानीय बासिन्दाले आयोजना कार्यालय कमलादी, हिमालय बैंकको धार्चे शाखा र प्रभु बैंकको आरुघाट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारमा गएका नेपालीहरूले भने धितो पत्र बोर्डबाट अनुमति लिई  सी– आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था मेरो शेयर मार्फत आईपीओकाे लागि आवेदन दिन सक्नेछन् ।