काठमाडौं – प्रतिनिधिसभा सदस्य बिना जैसवालले बैंकहरूले धिताेकाे भ्यालुएसन राम्रोसँग नगर्नु ठगी भएको आरोप लगाएकी छिन् । मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै जैसवालले एक समयमा राम्रो भ्यालुएसन गरेको धितो बापत राखेको सम्पत्तिलाई कौडीको भाउमा सीमित मान्छेहरूको लागि लिलामीमा राख्नु ठगी गर्नु बताएकी हुन् ।
उनले भनिन्, ‘बैंक तथा वित्तीय संस्थाहरूले आम नागरिकलाई ऋणी बनाउँदा नेपालराष्ट्र बैंकको गाइडलाइन्स बाहेक ऋण रिकभरी सुनिश्चित गराउनु, ऋणीलाई थप अनेकौँ कठिनाइ, दर्जनौँ दस्तुर र प्रोसेस मार्फत मात्रै ऋण दिन्छन् । तर, समयसापेक्ष ऋण खराब ऋणमा परिणत भयो भने एक समयमा राम्रो भ्यालुएसन गरेको धितो बापत राखेको सम्पत्तिलाई कौडीको भाउमा सीमित मान्छेहरूको लागि लिलामीमा राख्दछन् ।’
‘केही कानुनी उपचार बाहेक पारदर्शितता र विश्वसनीयता सुनिश्चित गर्न/गराउन बैंक तथा वित्तीय संस्थामाथि एनआरबी जिम्मेवार बन्दैन ? भ्यालुएसन बराबरको पर्छ कि पर्दैन ? होइन भने यो ठगी हो र यो सच्याउनुपर्छ’ जैसवालले भनिन् ।
साथै, उनले बैंकहरुले २४ सैं घण्टा एटिएम सेवा दिनुपर्ने बताएकी छिन् । उनले भनिन्,‘ एटिएम मेसिन इन्स्टल गरेका बैंक तथा वित्तीय संस्थाले चौबिस घण्टा भनेका एटिएम सुविधालाई २४ सैँ घण्टा सञ्चालनमा ल्याउनुपर्छ । व्यापार भनेको फेयर र इथिकल हुनुपर्छ, याद रहोस् सेवाग्राहीले समयमै दस्तुर तिरेका छन् । नतिर्नेहरू सेवाविहीन रहेका छन्।’



About Us
प्रतिक्रिया