काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकको जेठ २ गते र ३ गतेको तथ्यांकले बैंकिङ्ग प्रणालीको निक्षेपमा ३ अर्ब रुपैयाँको गिरावट देखाएको हो ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार जेठ २ गते बैंकिङ्ग प्रणालीमा ६८ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट घटेर ६८ खर्ब ८४ अर्ब रुपैयाँमा खुम्चिएको छ ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेपमा पनि ३ अर्ब रुपैयाँकै गिरावट देखिएको छ । सो समयमा वाणिज्य बैंकहरुको निक्षेप ३ अर्बले घट्दै ६१ खर्ब ४९ अर्ब रुपैयाँमा सीमित भएको छ । सो समयमा कर्जा प्रवाह भने स्थिर रहेको छ ।
जेठ २ गते ४९ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट पनि सोही रकम बराबरको कर्जा प्रवाह भएको छ । यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ४ प्रतिशत रहेको छ ।



About Us
प्रतिक्रिया