नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ७ अर्ब ३५ करोड 


काठमाडौं – सोमबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)  २२ दशलमव ९९ अंकले बढेर  २६ सय ३२  दशमलव ५ को बिन्दुमा कायम भएको छ । आज १८५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको शेयर मूल्य घटेसँगै २ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५१ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ४१ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । ओम मेगा श्रीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।