काठमाडौं – सर्वसाधारणका लागि ट्रेड टावरको आईपीओ १४ जेठदेखि खुल्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको कुल ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर जारी गर्न लागेको हो । यसअघि वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले आईपीओ बाँडफाँट गरिसकेको छ ।
जसमध्ये वैदेशिक रोजगारमा रहेकालाई १० प्रतिशत, सामुहिक लगानी कोषलाई ५ र कर्मचारीलाई २ प्रतिशत छुट्याएपछि बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
सर्वसाधारणले जेठ १९ गतेसम्म अनलाइन प्रणाली मेरोशेयर वा आफ्नो खाता रहेको बैंकको शाखामार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम १० तथा अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अंकित मूल्य १ सयका दरले जारी हुने आईपीओ बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ ।



About Us
प्रतिक्रिया