काठमाडौं – नेपाल राष्ट्र बैंककाे गभर्नर बनाउन नहुने भन्दै अर्थविद् डा. विश्व पौडेलविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेसँगै साे आदेश बदर गर्न माग गर्दै अर्को निवेदन दर्ता भएको छ । अधिवक्ताद्वय अभिमा उप्रेती र विशाल थापाले दिएको रिटमा सर्वोच्च प्रशासनले दरपीठकाे आदेश दिएपछि बदरकाे माग गर्दै अर्को निवेदन दर्ता गरेका हुन् ।
अधिवक्ताद्वयले राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध गत मंगलबार रिट दिएका थिए । साे रिटमा रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ हुने आदेश दिएका थिए। तर, दरपीठविरुद्ध उनीहरुले दिएको निवेदन आज दर्ता भएको हो ।
साे निवेदनमा पेसी आगामी ६ गते तोकिएको छ । अब निवेदन दर्ता भएसँगै इजलासमा सुनुवाइ हुनेछ। त्यसपछि पौडेलविरुद्धको रिट दर्ता हुने वा नहुने छिनाेफानाे हुनेछ। केन्द्रीय बैंक चैत २४ गतेदेखि गभर्नर विहीन छ।



About Us
प्रतिक्रिया